दफा ११३
सार्वजनिक बाटो, नदी वा स्थलमा खतरा वा बाधा पुर्याउन नहुने

(१) कसैले कुनै काम गरी वा आफ्नाे वा आफ्नाे नियन्त्रण वा जिम्मामा रहेको सम्पत्तिको स्याहार सम्भार नगरीसार्वजनिक बाटो, नदी वा अन्य कुनै सार्वजनिक स्थलमा कसैलाई कुनै खतरा, बाधा वा अबरोध पुर्याउन हुँदैन ।
(२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।